×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्येका सिए रावल पक्राउ, फरार व्यवसायी रुङ्गटाको खोजीकार्य जारी

अर्थ सरोकार

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार

PRIME CA

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्येका सिए रावल पक्राउ, फरार व्यवसायी रुङ्गटाको खोजीकार्य जारी

काठमाडौं । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल रहेका छन् ।

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । पक्राउ गरेपछि राति नै उनलाई चितवन ल्याइएको छ ।

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले फरार रहेका रुङ्गटा छिट्टै पक्राउ पर्ने डिएसपी पण्डितले बताएका छन् । व्यवसायी कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: