×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नयाँ व्यवस्थाले सेयर बजारलाई असर गर्दैन, लगानीकर्ता ९९.९९ प्रतिशत सुरक्षित छन्’- अर्थमन्त्री डा. महत

अर्थ सरोकार

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार

PRIME CA

‘नयाँ व्यवस्थाले सेयर बजारलाई असर गर्दैन, लगानीकर्ता ९९.९९ प्रतिशत सुरक्षित छन्’- अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा गरिएको नयाँ व्यवस्थाले सेयर बजारलाई कुनै पनि असर नगर्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.महतले आयकरको दायराले सेयर मार्केटका लगानीकर्तालाई कुनै असर नपर्ने दाबी गरेका हुन् ।

अर्थमन्त्री डा.महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्ताहरुले आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यसले सेयर मार्केटका लगानीकर्तालाई नछुने दावी गरेका छन् । ‘म स्पष्ट पार्न चाहान्छु सेयरमा लगानी गर्ने आमनागरिक आयकरको दायरमा आउने भनेको छैन् ।’, उनले भने, ‘सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरै भएन । आमलगानीकर्ता ९९.९९ प्रतिशत नै यो भित्र पर्दैनन् ।’

त्यस्तै, ९९.९९ प्रतिशत लगानीकर्ता आयकरको दायरामा नपर्ने दाबी गरेका अर्थमन्त्री महतले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: