×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइसेन्स नै खारेज भएपछि स्मार्ट टेलिकमलाई ऋण दिएका ३ बैंकको २ अर्ब बढी ऋण जोखिममा, कसको कति ?

अर्थ सरोकार

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार

PRIME CA

लाइसेन्स नै खारेज भएपछि स्मार्ट टेलिकमलाई ऋण दिएका ३ बैंकको २ अर्ब बढी ऋण जोखिममा, कसको कति ?

काठमाडौं । स्मार्ट टेलिकमलाई ऋण दिएका ३ कम्पनीको ऋण जोखिममा परेको छ । तिर्नुपर्ने बक्यौता नतिरेपछि खारेजीमा परेको स्मार्ट टेलिकमलाई ऋण दिएका तीन वाणिज्य बैंकको ऋण जोखिममा परेको हो ।

राज्यलाई तिर्नुपर्ने २१ अर्ब ८६ करोड रुपैयाँ र जरिवानास्वरुप लाग्ने १५ प्रतिशत थप रकम भुक्तानी नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाईसेन्स स्वतः खारेज भएको जनाएको हो । योसँगै स्मार्ट टेलिकमलाई ऋण दिएका ३ वाणिज्य बैंकको २ अर्ब २१ करोड रुपैयाँ बराबरको ऋण जोखिममा परेको छ ।

बक्यौता नतिरेपछि हाल नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिएर स्मार्टको सम्पत्ति बिक्री गरेर असूल गर्ने प्रक्रिया अघि बढाएको छ । योसँगै ३ बैंकको ऋण जोखिममा पर्ने देखिएको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको थियो । तर, सूचना जारी गर्दा समेत स्मार्टले सम्पत्ति हस्तान्तरण नगरेपछि प्राधिकरणका टोली गएर कम्पनी नै नियन्त्रणमा लिएको छ ।

स्मार्ट टेलिकमले क्षमता, सेवा विस्तार तथा प्रविधि खरिदका लागि भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब ३१ करोड ७१ लाख र प्राइम बैंकबाट ७३ करोड ३९ लाख रुपैयाँ लिएको थियो । त्यस्तै, लक्ष्मी बैंकले ८ करोड रुपैयाँ ऋण दिएको पाइएको छ । तर, प्राधिकरणले स्मार्टको लाइसेन्स नै खारेज गरेपछि बैंकहरुको ऋण जोखिममा परेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: