×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारविरुद्ध २० वटा जाहेरी, सयभन्दा बढी पिडितको २३ करोड २५ लाख रकम ठगियो !

अर्थ सरोकार

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार

PRIME CA

पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारविरुद्ध २० वटा जाहेरी, सयभन्दा बढी पिडितको २३ करोड २५ लाख रकम ठगियो !

काठमााडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने काममा संलग्न रहेको आरोपमा प्रहरीले बहालवाला सचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा रहेका पाण्डेलाई बुधबार र तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अदालतबाट तीन दिनको अनुमति लिएर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए । ‘डा.ईन्द्रजित राईलाई र टेक नारायण पाण्डे पक्राउ परेका छन् । उनीहरुमाथि अदालतबाट म्याद लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको छ ।’ उनले भने ‘संगठित र ठगी अपराधमा अनुसन्धान अगाडि बढिसकेको छ । पीडित र पीडकहरु को-को हुन् ? भन्ने कुरा अनुसन्धानले पछि देखाउँछ ।’

यसअघि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ र त्यसको तीन दिनपछि मोरङका सागर राईलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरी समक्ष बयानका क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयको मिलेमतोमै नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलासा गरेका थिए ।

सोही ठगीमा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा.राई पनि संलग्न देखिएको भन्दै प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । यो घटनामा अहिले सम्म २० जनाको जायरी परेको प्रवक्ता रिजालले जानकारी दिएका छन् । ‘अहिले सम्म १०० जना भन्दा बढी पीडित छन् । २३ करोड २५ लाख रकम ठगि भएको देखाएको छ ।’, उनले भने, ‘पीडितहरु थपिदै जाने क्रममा रकम पनि बढ्ने छ । को बाट कति रकम भन्ने चाहिँ अहिले खुलेको छैन् ।’

यसअघि शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २९ असार २०७६ मा पन्थी नेतृत्वको कार्यदलले तयार पारेको सुरुको प्रतिवेदनमा प्रमाणीकरणमा छुटेका ४२९ जनालाई परिचय पत्र दिन सिफारिस गरिएको थियो । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: