काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी आइतबार सरकारी वकिलको कार्यालयमा हँसिलो मुद्रामा देखिए ।
आइतबार राती काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई म्याद थपका लागि अदालत लैजानुअघि प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको थियो । तर, त्यहाँ उनी हँसिलो मुद्रामा प्रस्तुत भए । यतिमात्र होइन, उनले ‘सेलिब्रेटी’ झैँ हातै हल्लाएर मुस्कुराउँदै अभिवादन पनि गरे ।
अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको पक्रिया पूरा गर्न लगिएका बेला रायमाझीको उक्त ‘सेलिब्रेटी पोज’ले धेरैलाई दंग बनायो । हाल उनको उक्त ‘पोज’ सामाजिक सञ्जालमा भाइरल छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। अहिलेसम्म टोपबहादुर रायमाझीसहित १३ जना पक्राउ परेका छन्। उनीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन् ।
रायमाझीको ‘सेलिब्रेटी पोज’ फोटो फिचरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्