×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सहकारीले गर्दा लाखौँ मानिस सडकमा आए, तर पनि सरकारको बजेटमा यी कुरा आएनन्’- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीका कारण नागरिक सडकमा आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘अहिले मुलुकको वित्तीय अवस्था दिनप्रतिदिन बिग्रिदो छ । सहकारीका कारण मानिसहरुको बिल्लिबाठ भएको छ ।’, उनले भने, ‘यो समस्यालाई सरकाराले गम्भीरतापूर्वक सम्बोधन नगर्ने हो भने धेरै मानिसहरु सडकमा आउन बाध्य हुन्छन् र विवश भएर यो मुलुक छोडेर विदेश जान बाध्य हुन्छन् ।’

त्यस्तै, सभापति लामिछानेले आगामी आर्थिक वर्षको बजेटमा सरकारले यी कुरालाई सम्बोधन नगरेको भन्दै दुख व्यक्त गरेका छन् । बजेटमा बिग्रदो आर्थिक अवस्था सुधारका लागि कुनै पनि कार्यक्रम आएको बताउँदै उनले यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: