×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर विवाद चर्किपछि अर्थमन्त्री डा.महतले भने- ‘बजेट निर्माणमा त्रुटी भयो, आवश्यकता अनुसार करका दर संशोधन गर्न सकिन्छ’

PRIME CA

कर विवाद चर्किपछि अर्थमन्त्री डा.महतले भने- ‘बजेट निर्माणमा त्रुटी भयो, आवश्यकता अनुसार करका दर संशोधन गर्न सकिन्छ’

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटको यतिबेला चौतर्फी विरोध भईरहेको छ । खासगरी सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको नयाँ कर नीतिको विषय थप चोटिलो बनेको छ ।

यसैबीच सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी विरोध भइरहेकै बेला अर्थमन्त्री डा.प्रकाशशरण महतले समय र आवश्यकता अनुसार बजेटलाई संशोधन गर्न सकिने बताएका छन् । मोरङ व्यापार संघको ६६औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले करका दर संशोधन गर्न सकिने बताएका हुन् ।

‘बजेट निर्माणका क्रममा केही त्रुटी भयो होला, केही नछुट्नुपर्ने कुरा छुटे होलान् ।’, उनले भने, ‘बजेटप्रति चौतर्फी रुपमा कमजोरीहरु औँल्याइएका छन् । समय र आवश्यकताका आधारमा सुधार्न सकिन्छ ।’

त्यस्तै, अर्थमन्त्री डा.महतले करको सवालमा आन्तरिक उत्पादनमा वृद्धि गर्न आलु र प्याजको आयातमा मात्रै मूल्य अभिवृद्धि कर लगाएको प्रष्टोक्ती दिएका छन् । योसँगै उनले जनचासो प्रमुख मुद्धाका रुपमा रहेको बैंकको ब्याजदर केही घटिसकेको र असार मसान्तसम्म अझै केही घट्नेमा विश्वास व्यक्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: