काठमाडौैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कानुन विपरित सञ्चालन भएका सबै अस्पताल बन्द गर्ने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ती पोष्ट गर्दै मेयर शाहले कानुन विपरित सञ्चालन भएका अस्पताल बन्द गराउने चेतावनी दिएका हुन् ।
‘काठमाडौं महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य कानून/मापदण्डको पालना नगरेको पाइएमा संघ/प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कार्वाही गरिनेछ ।’ महानगरले जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै, मेयर शाहले स्वास्थ्य संस्था सुधारको विषय सस्तो लोकप्रियताका लागि नभएको बताएका छन् । ‘स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताका लागि होइन ।’, उनले लेखेका छन्, ‘कानून व्यवस्था गर्नुको जुन उद्धेश्य छ, सोही अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस् भन्ने हाम्रो उद्धेश्य हो ।’
काठमाडौं महानगरको क्षेत्राधिकारभित्र कानुन विपरित सञ्चालन भएका दुईवटा स्वास्थ्य संस्था बन्द गराएको जानकारी दिँदै मेयर शाहले उक्त कार्यलाई थप प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्