काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि नेपाल विद्यालय कर्मचारी परीषद्को आन्दोलन तुहिएको छ ।
परीषद्ले आईतबार देशैभरीका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेलगत्तै मेयर शाहले विद्यालय बन्द गरे कार्वाही गर्ने चेतावनी दिएका थिए । मेयर शाहको उक्त चेतावनीपछि आइतबार काठमाडौंका अधिकांश विद्यालयहरु निर्वाद रुपमा सञ्चालन भईरहेका छन् ।
विद्यालय बन्दको घोषणापछि शनिबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकबाट कुनै पनि बाहनामा विद्यालय बन्द गरे कडा कार्वाही गर्ने चेतावनी दिएका थिए । शाहले महानगरपालिका भित्रका विद्यालयमा बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्ने कार्य भए वा शिक्षक वा कर्मचारी विद्यालयमा अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन दफा ४१ को (क) बमोजिम पदबाट हटाइने चेतावनी दिएका छन् । त्यस्तै, विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ती पहल नभएमा सो समिति पनि विघटन गरिने शाहको चेतावनी छ ।
त्यस्तै, उनले बल प्रयोग गरि विद्यालय बन्द गरेको खण्डमा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ गरि फौजदारी मुद्दा चलाउने समेत चेतावनी दिएका थिए । मेयर शाहको उक्त चेतावनीपछि निर्वाध रुपमा विद्यालय सञ्चालन भइरहेको छन् भने आन्दोलनकारीको आन्दोलन तुहिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्