×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेरो देशलाई कसैको गुलाम नभई देश मानेको छु, सबै भन्दा ज्ञानी त होइन तर नागरिक हुन जानेको छु’

PRIME CA

‘मेरो देशलाई कसैको गुलाम नभई देश मानेको छु, सबै भन्दा ज्ञानी त होइन तर नागरिक हुन जानेको छु’

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) यतिबेला चर्चामा छन् । हुनत बालेनको चर्चा अहिले मात्र होइन, उनी निर्वाचनमा होमिएसँगै सुरु भएको हो । तर, पछिल्ला समय बालेनले राष्ट्र र राष्ट्रियताको पक्षमा जसरी वकालत गरिरहेका छन्, त्यसले उनको चर्चालाई थप प्रसय दिएको छ ।

यसो त बालेन राष्ट्र र राष्ट्रियताको पक्षमा मात्र होइन महानगरको विकासका सवालमा पनि त्यत्तिकै अडिक छन् । मेयर शाहले शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा संरक्षण, महानगरको सौन्दर्यता लगायतका विभिन्न काममा देखाएको अग्रसरता तारिफयोग्य छ । त्यसैमाथि आइतबार बालेनले महानगरभित्र ‘आदिपुरुष’सहित अन्य सबै खालका हिन्दी फिल्ममा प्रतिबन्ध लगाएपछि उनी थप चर्चामा छन् ।

‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।’

बालेनको यो स्टाटससँगै सोमबार काठमाडौं महानगरपालिकाभित्रका सबै हलहरुमा हिन्दी फिल्म ‘ब्याण्ड’ गरिएको छ । ‘आदिपुरुष’मा समेटिएको विवादित डायलग नहटाएको भन्दै मेयर शाहले सबै खालका हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । यसअघि उनले ‘आदिपुरुष’ टिमलाई ‘जानकी भारती छोरी हुन्’ भन्ने विवादित संवाद हटाउन तीन दिनको ‘अल्टिमेटम’ दिएका थिए ।

त्यस्तै, बालेनले दोस्रो स्टाटसमार्फत आफूले देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् । बालेनले कबितामात्रर्फत देशको सांस्कृतिक सम्पत्तिमाथि अतिक्रमण हुँदा पनि शीर्ष नेता तथा सरकार मौन रहेका बेला उनीहरुलाई झकझकाउन आफूले ठोस कदम चालेको आशय दिएका छन् । उनले लेखेका छन्ः

‘जब देशमा सबै मरेका हुन्छन ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन
तर मेरो देशलाई, देश त ठानेको छु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: