×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्वमहान्यायधिवक्तासहित १८ अधिवक्ताको टोली बहसमा उत्रँदै !

PRIME CA

भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्वमहान्यायधिवक्तासहित १८ अधिवक्ताको टोली बहसमा उत्रँदै !

२१ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् ।
जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायधिवक्ता थिए । उनको पक्षबाट बहसमा उत्रिने सबै अधिवक्ताको नेतृत्व खातीले नै गर्ने छन् । टोलीमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरे पनि सहभागि छन् । त्यस बाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतार्दै छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दैछन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।
पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् ।

अर्का ‘हाइफ्रोफाइल’ अभियुक्त डा. इन्द्रजित राईले पनि बहसका लागि ‘हाइप्रोफाइल’ अधिवक्तालाई नै बहसमा उतार्ने तयारी गरेका छन् । तर, उनले बहसमा उत्रिने अधिवक्तको सूची भने अदालतमा पेश गरिसकेका छैनन् । सरकारी वकिलकोतर्फबाट बहसमा सात सरकारी वकिल उत्रिँदैछन् । टोलीको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी पोखरेलले गर्दै छन् । उनको टोलीमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन् ।

अभियुक्त विरुद्धको थुनछेक बहस आज(आइतवार)बाट सुरु हुनेछ । बहस साता दिनसम्म चल्ने छ । घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १२ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्त विरुद्ध अदालतमा मुद्या दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्या चलाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: