काठमाडौं । पछिल्लो ११ महिनामा नेपालले ३ अर्ब बढीको चिया निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार नेपालल चालु आर्थिक वर्षको जेठसम्ममा ३ अर्ब ३५ करोड ५४ लाख मूल्य बराबरको चिया निर्यात गरेको हो ।
नेपालले ११ महिनामा कुल १५ करोड ४२ लाख ५९ हजार किलो चिया विदेश निर्यात गर्दा ३ अर्ब बढी आम्दानी गरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले एक करोड ९ लाख किलो चिया निर्यात गरेको थियो । जसबाट नेपालले २ अर्ब ८१ करोड रुपैयाँ आय गरेको थियो ।
तर, चालु आर्थिक वर्षमा नेपालले चिया निर्यातबाट गतवर्षको तुलनामा ५४ करोड ३८ लाख रुपैयाँ धेरै आम्दानी गरेको छ । पछिल्लो समय नेपालको चिया उत्पादन बढेसँगै निर्यातमा पनि वृद्धि भएको भन्सार विभागको भनाई छ ।
नेपाल सबै भन्दा धेरै चिया भारतमा निर्यात गर्दै आएको छ । चालु आर्थिक वर्षमा नेपालबाट भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै, नेपालको चिया भारत लगायत रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि निर्यात हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्