×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार मुद्धामा चूडामणि शर्मासहित चार्टड एकाउण्टेन्टद्वय ढकाल र महत दोषी ठहर, कम्तीमा ३ बर्ष जेल सजाय हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भ्रष्टाचार मुद्धामा चूडामणि शर्मासहित चार्टड एकाउण्टेन्टद्वय ढकाल र महत दोषी ठहर, कम्तीमा ३ बर्ष जेल सजाय हुने !

Artha Sarokar

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर फर्छ्योट आयोगमा बसेर राज्यलाई हानी हुनेगरी, भ्रष्टाचार गरी विभिन्न कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा चलेको मुद्धामा चूडामणि शर्मा सहित तीन जनालाई दोषी ठहर भएका छन् ।  शर्मासँगै चार्टड एकाउन्टेण्ट उमेश ढकाल र एलडी महत दोषी ठहर भएका हुन्।  यद्यपी उनीहरुलाई सजाय तोकिसकिएको भने छैन । सजाय निर्धारणका लागि जेठ २५ गते पेशी तोकिएको विशेष अदालतले जनाएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले शर्मालाई दोषी ठहर गरेको हो  । २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो।
सरकारले २०७१ सालमा कर फर्स्योट गर्न आयोग गठन गरेको थियो । त्यसमा चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए । त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए ।
त्यतिवेला कर फर्स्योट आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी