×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महालेखा परीक्षकको कार्यालयले झै सबैले आ-आफ्नो क्षेत्रमा इमान्दारिताकासाथ काम गर्नुपर्छ’ : सभामुख घिमिरे

PRIME CA
GLOBAL IME BANK

‘महालेखा परीक्षकको कार्यालयले झै सबैले आ-आफ्नो क्षेत्रमा इमान्दारिताकासाथ काम गर्नुपर्छ’ : सभामुख घिमिरे

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सभामुख देवराज घिमिरेले लेखा परीक्षकको कार्यालयले मात्र नभई सबलै आफ्नो आफ्नो क्षेत्रमा ईमान्दारिता साथ काम गर्ने भावनाको विकास गर्न आवश्यक भएको बताएका छन् ।

शुक्रबार महालेखा परीक्षकको कार्यालयको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सबै निकायको काम जिम्मेवारीपूर्ण हुनुपर्ने बताएका हुन् । उनले भने ‘ अहिले हाम्रो संघीय लोकतन्त्र अन्तगर्त बनेको तीन वटै तहमा यसका प्रतिवेदन समयमा जाने र त्यसमाथि छलफल हुने गरेपनि निर्णय गर्ने कुराहरुमा केही कमीकमजोरीहरु रहेका छन् । ’

सभामुख घिमिरेले लेखापरीक्षक लगायत सबैले आफ्नो आफ्नो ठाउँबाट हरेक कुराहरु समयमा प्रस्तुत गर्न सके समस्याहरुको समाधान हुने बताए ।

साथै, कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले आफ्नो क्षमता र आफ्नो व्यक्तिगत स्वार्थको  लागि जिम्मेवारीबाट पछि हट्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।उनले असत्यको पछि लागेर निरिह जस्तो बनेको खण्डमा  देशलाई अगाडि बढाउन नसकिने पनि प्रष्ट पारेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: