×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस सांसद गिरीले भने- ‘हामी झोले सांसदलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभएकोमा बालेन जिलाई सलाम’

PRIME CA

कांग्रेस सांसद गिरीले भने- ‘हामी झोले सांसदलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभएकोमा बालेन जिलाई सलाम’

अर्थ सरोकार

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले संसदबाटै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद गिरीले मेयर शाहलाई धन्यवाद दिएका हुन् ।

‘म त सलाम गर्छु बालेन जि लाई । उहाँले हामी झोले सांसदलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभयो ।’, उनले भने, ‘राती फोन आउँछ, माननीय ज्यू हामीलाई चिन्न छोड्नुभयो होला । दिनमै २५ जनाको फोन आउँछ । विकास छैन क्या हो भनेर सोध्छन्, आफूले रातो किताबसमेत हेर्न पाएको छैन ।’

सांसद गिरीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि असन्तुष्टी व्यक्त गरेका छन् । त्यस्तै, मुलुकको विकास र समृद्धिका लागि संसदमा सत्तापक्ष र प्रतिपक्ष एकसाथ उभिनुपर्ने धारणा व्यक्त गरेका छन् । बजेटबारे छलफलमा भाग लिँदै उनले सांसद विकास कोषको भने बचाउ गरेका छन् । उनले भने– ‘अहिलेसम्म कमसेकम ५ करोड भए पनि एउटा निर्वाचन क्षेत्रमा चाहिँ पुगको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: