×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख ‘फर्जी’ आवेदन, यी हुन् ‘फर्जी’ आवेदन दिने १२ जना लगानीकर्ता…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख ‘फर्जी’ आवेदन, यी हुन् ‘फर्जी’ आवेदन दिने १२ जना लगानीकर्ता…

Artha Sarokar

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नै नभई आवेदन दिने को हुन् भन्ने तथ्य पत्ता लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेपछि सो विवरण खोजिएको हो । यसरी आईपीओमा फर्जी आवेदन दिने १२ जना रहेको पाइएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने र मुद्धा चलाउने कि सामान्य कारवाही मात्र गर्ने भन्ने विषयमा धितोपत्र बोर्ड आन्तरिक तयारीमा छ ।

१० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा उक्त रकम खातामा नभएको पाइएपछि १२ जनाको आवेदन अस्वीकृत मात्र भएको छैन, बरु यहि प्रकरणले घोराही सिमेन्टको आईपीओनै रद्ध भएको छ । यसरी कम्पनीको आईपीओमा फर्जी आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल छन् ।

त्यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक, सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम रहेको पाइएको छ । उनीहरुले कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन दिएको भेटिएको हो ।

उनीहरुले जेठ २१ गतेदेखि सर्वसाधारणका लागि खुला भएको घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिएका थिए । १० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा उक्त रकम खातामा नभएको पाइएपछि उनीहरुको आवेदन रिजेक्ट भईसकेको छ भने हाल कम्पनीको आईपीओ पनि रद्ध गरिएको छ ।

४ असारसम्म आवेदन दिने म्याद रहेको कम्पनीको आईपीओमा समयअघि नै कम्पनीको मागभन्दा २ गुणा बढी आवेदन परेको थियो । तर, पनि कम्पनीले सूचना सार्वजनिक गर्दै आवेदन दिने म्याद थप गरेको थियो । तर, कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ रद्ध गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी