×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरको गज्जबको निर्णयः आफ्नै फार्मेसी सञ्चालन गर्ने, मुख्य ‘टार्गेट’मा निम्न वर्गका नागरिक !

PRIME CA

काठमाडौं महानगरको गज्जबको निर्णयः आफ्नै फार्मेसी सञ्चालन गर्ने, मुख्य ‘टार्गेट’मा निम्न वर्गका नागरिक !

अर्थ सरोकार

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८० ८१ मा ‘सुलभ फार्मेसी’ कार्यक्रमअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा आफ्नै फार्मेसी सञ्चालन गर्ने भएको हो ।

विभिन्न स्थानमा खोलिने फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ । महानगरभित्र फार्मेसी स्थापनाका लागि सात करोड रुपैयाँ लाग्नेछ । विशेषगरी सबैभन्दा बढी जनघनत्व भएका वडामा फार्मेसी सञ्चालन गरिने महानगरले जनाएको छ ।

महानगरले सञ्चालन गर्ने उक्त फार्मेसीमा ९८ प्रकारका निःशुल्क औषधि र स्वास्थ्य बीमा कार्यक्रमसहित अन्य सुविधासमेत सुपथ मूल्यमा पाइनेछ । महानगरभित्र रहेको स्वास्थ्य संस्थाहरुमा सबै वर्गका नागरिकको समान पहुँच नहुने स्थितिकाबीच आफ्नै फार्मेसी सञ्चालन गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

यसो त पछिल्लो समय महानगरमा मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निकै गाम्भिर्यताका साथमा लिएकै कारण पनि ‘सुलभ फार्मेसी’ कार्यक्रम एक आर्थिक वर्षमै सञ्चालन हुने धेरैको विश्वास रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: