×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको आन्दोलन : ब्रोकर नम्बर ५० र ब्रोकर नम्बर ३२ मा टिएमएस बन्द, अन्यमा पनि लगानीकर्ताको धर्ना !

PRIME CA

सेयर लगानीकर्ताको आन्दोलन : ब्रोकर नम्बर ५० र ब्रोकर नम्बर ३२ मा टिएमएस बन्द, अन्यमा पनि लगानीकर्ताको धर्ना !

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारी नीतिको विरोधमा उत्रिएका सेयर लगानीकर्ताहरुले ब्रोकर नम्बर ५० अर्थात क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजको टिएमएस बन्द गरेका छन् । ब्रोकर हाउसमा पुगेका लगानीकर्ताको अनुरोधमा कम्पनीले आफ्नो टिएमएस बन्द गरेको हो । लगानीकर्ताले आफुहरुलाई सहयोग गर्न र आन्दोलनमा सबै लगानीकर्ता र ब्रोकरहरुलेसमेत एक्यबद्धता जनाउन आवश्यक भएको बताएपछि सो कम्पनी आफ्नो टिएमएस बन्द गर्न तयार भएको थियो ।

यसअघि ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले पनि टिएमएस बन्द गरेको थियो । ब्रोकर नम्बर ३२ मा पुगेको लगानीकर्ताको टोलीले ब्रोकरमा अनुरोध गरी टिएमएस बन्द गर्न अनुरोध गरेका थिए ।

बिबीहार विहान लगानीकर्ता भेला भई आन्दोलन गर्ने निष्कर्ष निकाली विभिन्न ब्रोकरहरुमा टीएमएस बन्द गर्न विभिन्न समूह बनाएर पुगेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: