Skip to content
LAXMI SUNRISE BANK

‘बजेट विभेदकारी भयो, सरकारै छोड्न परे पनि यथास्थितिमा यो बजेट पास हुन दिदैनौँ’- माधव नेपाल

अर्थ सरोकार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट पास हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पार्टी निटक प्रेस संगठनको पहिलो केन्द्रीय बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सरकारले प्रस्तुत गरेको बजेटमा पक्षपात भएको बताउँदै यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् । ‘सरकारले बजेटमा पक्षपात गरेको छ । भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको छ ।’, उनले भने, ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्नुपरे पनि परोस्, यो अन्याय सहनु हुँदैन ।’

त्यस्तै, नेपालले आफूहरु सत्ता पक्षकै भए पनि सरकारले विभेदपूर्ण तरिकाले ल्याएको बजेट यथास्थितिमा पास हुन नदिने बताएका छन् । ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन ।’, उनले भने, ‘हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK