×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न १५ दिने अल्टिमेटम !

PRIME CA

सहकारीको ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न १५ दिने अल्टिमेटम !

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो ।

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर, सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समसम्म नआएपछि तीन पुस्ते विवरणसहित ‘अल्टिमेटम’ दिनुपरेको सहकारीले जनाएको छ ।

सहकारीका अनुसार यसअघि २०७९ कात्तिक ५ गते ऋण चुक्ताका लागि २१ दिने सूचना निकालिएको थियो । ‘यसअघि हामीले कयौँ पटक व्यक्तिगत र संस्थागत रुपमा ऋण चुक्ताका लागि ताकेता गरेका हौँ । तर, ऋणको साँवा र किस्तासमेत आउन छोडेपछि २१ दिने सूचना निकालिएको हो ।’, सहकारीका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘२१ दिने सूचनापछि पनि ऋण तिर्नका लागि ऋणीले कुनै चासो नदेखाएपछि ऋणी र जमानीको तीन पुस्ते विवरणसहित १५ दिने सूचना सार्वजनिक गरेका हौँ ।’

‘सूचना प्रकाशित मितिले १५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता गर्नुपर्नेछ । अन्यथा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल/अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर-घरानाबाट समेत असुल उपर गरिनेछ ।’, सूचनामा उल्लेख गरिएको छ ।

यसो त स्थायी घर रोल्पा र हाल काठमाडौंको बालुवाटार बस्दै आएकी पूर्वसभामुख घर्तीले आफ्नो नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी बसेर ऋण दिलाएको सहकारीले जनाएको छ । यस्तो छ सहकारीले निकालेको सूचनाः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: