×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथमा बत्ति निभाएर दानपेटिका चोरी, चोर्नकै लागि सीसीटिभीको तार चुँडाएको खुलासा !

PRIME CA

पशुपतिनाथमा बत्ति निभाएर दानपेटिका चोरी, चोर्नकै लागि सीसीटिभीको तार चुँडाएको खुलासा !

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिन्दुहरुको प्रमुख शक्तिपिठका रुपमा रहेको पशुपतिनाथ मन्दिरमा नियमित रुपमा चोरी हुने गरेको तथ्य सार्वजनिक भएको छ । साढे चार महिनाअघि दानपेटिका हराएको घटनाबारे छानबिन गर्न गठन भएको टोलीले मन्दिर परिसरबाट भक्तजनहरुले चढाउने भेटी, सुन, हिरा, मोतीजस्ता मूल्यवान् सामान नियमित रुपमा चोरी हुने गरेको तथ्यको खुलासा गरेको हो ।

उक्त छानबिन टोलीका अनुसार पशुपति मन्दिर परिसरबाट नियमित रुपमा भेटी चोरी हुने गरेको र दानपेटिका चोरी भएको दिन संयोगले मात्रै घटना सार्वजनिक भएको हो ।

मन्दिरमा भक्तजनहरुले चढाउने भेटी चोर्नकै लागि मन्दिर परिसरमा राखिएका सीसीटिभीको तार चुँडाउने गरेको तथ्यसमेत छानबिन टोलीले सार्वजनिक गरेको छ । उक्त छानबिन टोलिका अनुसार नियोजित रुपमा गरिने चोरीका लागि मन्दिर परिसरको बत्ती मर्मत नगरी अँध्यारो बनाउने र ढोका, खापा अव्यवस्थित बनाइने गरेको पाइएको छ ।

पशुपति मन्दिर परिसरमा नियमित चोरी भइरहेको तथ्य सार्वजनिक भए पनि हालसम्म चोरको टुंगो भने लाग्न सकेको छैन । २४सै घण्टा सीसीटिभी र प्रहरीको निगरानीमा रहने पशुपति मन्दिर परिसरबाटै दानपेटिका र भक्तजनहरुले चढाएको बहुमूल्य भेटी कसरी चोरी भयो ? भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ ।

२०७९ साल माघ १३ गते पशुपतिनाथको दैनिक आरतिपछि मन्दिरको पश्चिम ढोकाको दानपेटिका फूल केलाउने कक्षमा राखिएको थियो । अर्को दिन पश्चिम ढोका अगाडि अर्को खाली घ्याम्पो (दानपेटिका) पनि राखिएको थियो । तर, अघिल्लो दिन भेटी संकलनपछि फूल केलाउने कक्षमा राखिएको टानपेटिका गायब थियो । अघिल्ला दिनका दानपेटिकाहरु निकालेर गणना गर्न खोज्दा अघिल्लो दिन राखेको घ्याम्पो हराएको भेटिएको थियो ।

यसो त पशुपति मन्दिर परिसरमा चोरी भएको यो पहिलो घटना भने होइन । यसअघि पनि पटकपटक मन्दिर परिसरबाटै दानपेटिका, भक्तजनहरुले चढाएका बहुमूल्य भेटी चोरी भएका घटना बाहिर आएका थिए । तर, हालसम्म ति चोरीका घटना रहस्य मै सिमित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: