×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्थानीय तहमा जनप्रतिनिधिको मनपरी, जग्गा खरिद गर्न पोखरा महानगरले वडा अध्यक्षको व्यक्तिगत खातामा ५५ लाख पठायो

काठमाडौं । पोखरा महानगरपालिकाले वडा अध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ । महानगरले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा खरिद गर्न भन्दै वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रूपैयाँ पठाएको पाइएको हो ।

स्थानीय तह सञ्चालन ऐनमा पनि विकास निर्माणको बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउन नमिल्ने उल्लेख छ । तर, पोखरा महानगरपालिकाले भने कानुन विपरित ५५ लाख रुपैयाँ वडा अध्यक्षको व्यक्तिगत खातामा पठाएको हो । ‘यो विषयमा पहिला पनि आवाज उठेको हो । विकास बजेटको रकम जनप्रतिनिधिको व्यक्तिगत खातामा हाल्न नहुने भन्दै विरोध पनि भएकै हो ।’, पोखरा महानगर पदाधिकारीले भने, ‘तर, जग्गा खरिद गर्न रकम वडा अध्यक्षको खातामा हालियो । यसअघि विकास बजेटको रकम कुनै पनि जनप्रतिनिधिको खातामा पठाइएको इतिहास छैन ।’

यसरी विकास बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा सोझै पठाउँदा भ्रष्टाचार हुने भन्दै अहिले यसको चर्को विरोध पनि भईरहेको छ । महानगरपालिकाका ती पदाधिकारीका अनुसार गत पुस २५ गते भएको महानगर कार्यपालिकाको बैठकले जग्गा खरिदका लागि वडाध्यक्ष अधिकारीको व्यक्तिगत खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो ।

महानगर प्रशासन शाखाले कार्यपालिकाको निर्णयअनुसार ‘फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन’ का लागि वडाध्यक्षलाई पेस्की स्वरूप ५५ लाख रकम रुपैयाँ दिएको व्यहोरामा उल्लेख गरेको छ । तर, वडाअध्यक्षको खाताको रकम जम्मा भएको पाँच महिना बित्न लाग्दा पनि काम भने सूचारु भएको छैन ।

काम सुरू नभएपछि महानगरको वित्त शाखा प्रमुख जयराम पौडेलले वडाध्यक्ष अधिकारीलाई ७ दिनभित्र रकम फर्छ्यौट गर्न भन्दै गत वैशाख १५ गते पत्र लेखेका थिए । पत्र पाएको साढे एक महिना हुन लाग्दा पनि वडाध्यक्ष अधिकारीले रकम फर्छ्यौट गरेका छैनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: