×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्वभाविक चर्कियो प्याजको भाउ, दुई दिनमै मूल्य ४५ बाट १०० पुग्यो, उपभोक्ता तनावमा !

PRIME CA

अस्वभाविक चर्कियो प्याजको भाउ, दुई दिनमै मूल्य ४५ बाट १०० पुग्यो, उपभोक्ता तनावमा !

अर्थ सरोकार

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको छ । सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । जसका कारण अहिले बजारमा आलु र प्याजको मूल्य ह्वात्तै बढेको छ ।

हाल उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।

सरकारले आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेसँगै आलु र प्याजको आयाता ठप्प भएको तरकारी व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार बजारमा नयाँ आलु र प्याजको आयात नहुँदा प्याज र आलुको मूल्य आकाशिएको हो । कृषि उपज तथा आलु, प्याजमा भ्याट लगाउने प्रावधान यथास्थितिमा रहिरहे महंगी थप बढ्ने व्यवसायीहरुको भनाई रहेको छ ।

सोमबार अन्य फलफुल तथा तरकारीको मूल्य कस्तो छ ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तोकेको फलफुल तथा तरकारीको मूल्यअनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १६० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ५०, मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०, भटमासकोशा १२०, मटरकोशा १८०, तितो करेला ३०, लौका ६०, परवल लोकल ७०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ४०, भिण्डी ४०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ४०, दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: