×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आलु र प्याजको मूल्य अचाक्ली महंगिएपछि विभागले भन्यो- ‘भ्याटको बहानामा मूल्य बढाए कडा कार्वाही हुन्छ’

PRIME CA
GLOBAL IME BANK

आलु र प्याजको मूल्य अचाक्ली महंगिएपछि विभागले भन्यो- ‘भ्याटको बहानामा मूल्य बढाए कडा कार्वाही हुन्छ’

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भ्याटको बहानामा प्याजको मूल्य बढाए कार्वाही हुने भएको छ । कृषि उपज तथा आलु÷प्याजमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको घोषणासँगै भ्याटको बाहनामा मुल्य बढाउने व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्वाही गर्ने भएको हो ।

भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको हो ।

वस्तुको स्वभाविक मूल्यभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध भएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन ।’, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, पारदर्शी रुपमा व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम बिलबिजक जारी गरी कारोबार गर्नुपर्ने बताउँदै विभागले दायित्व पूरा नगरेको पाइए कडा कार्वाही गर्ने चेतानवीसमेत दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: