×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्जी कागज पेश गरेर ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका ब्रान्च मेनेजरलाई ८ वर्ष कैद, १ करोड २५ लाख जरिवाना !

PRIME CA
GLOBAL IME BANK

फर्जी कागज पेश गरेर ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका ब्रान्च मेनेजरलाई ८ वर्ष कैद, १ करोड २५ लाख जरिवाना !

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितकुमार शाही जेल चलान भएका छन् । बैंकको नेपालगन्जस्थित त्रिभुवन शाखाका शाखा प्रबन्धक शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

शाखा प्रबन्धक शाहीसहित कर्मचारी रिजवान अहमद जसगढ सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ पुस १४ गते अनियमितता मुद्धा दायर गरेको थियो । सोही मुद्धाको सुनुवाई गर्दै अढाई वर्षपछि न्यायधिश शालिग्राम पौडेल तथा सदस्याहरु शिलग्राम कोइराला र खुसीप्रसाद थारुको संयुक्त इजलासले शाही र अहमदलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

अदालतले अजमदलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको छ । सोही मुद्धामा मुछिएका अन्य थप जनाले भने सफाई पाएका छन् ।

अदालतले दोषी ठहर गरेका शाखा प्रबन्धक शाहीसहित कर्मचारीले बैंकको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकस्थित शाखाबाट कागजात किर्ते गरी किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह भएको पाइएको थियो । उक्त अपराधबाट सरकारी सम्पत्तीको नोक्सानी भएको ठहरसहित अदालतले आंशिक ठहर हुने फैसला गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: