×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको ६० लाख कुम्ल्याउने सहकारीका अध्यक्ष एक वर्षपछि पक्राउ, नाङ्गै बनाएर स्थानीयले प्रहरीको जिम्मा लगाए !

PRIME CA

बचतकर्ताको ६० लाख कुम्ल्याउने सहकारीका अध्यक्ष एक वर्षपछि पक्राउ, नाङ्गै बनाएर स्थानीयले प्रहरीको जिम्मा लगाए !

१० असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भाग्ने श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन् ।

४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए । विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ गरेका हुन् ।

प्रहरी र बचतकर्तादेखि भाग्दै हिँडेका यादव जनकपुरमै आफन्तको घरमा लुकिछिपी बसेको भन्ने थाहा पाएपछि बचतकर्ताले उनी बसिरहेको घर घेराउ गरी समातेर प्रहरीको जिम्मा लगाएका हुन् । सयौँको संख्यामा उनी बसेको घर घेर्न पुगेका बचतकर्ताले उनलाई निवस्त्र प्रहरीको जिम्मा लगाएका छन् ।

स्थानीयका अनुसार पक्राउ गर्ने क्रममा आक्रोशित भीडले उनीमाथी हातपात पनि गरेको थियो । यादव सबैला, खरीहानी, ठिल्लाका ७ सय ५० जना बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर एक वर्षदेखि अघि नै फरार भएका थिए । हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: