×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरवौं ठगेर भागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ !

PRIME CA

अरवौं ठगेर भागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ !

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जनताको अरवौं ठगेर भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । भारतको मुम्बईस्थित एक घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएको पुष्टि गरिन् ।

बाँकेको कोलहपुर स्थायी घर भएका शर्माले सहकारीबाट ठगेको रकम नेपाल बाहिर लगानी गरेकोसमेत पाइएको छ । सहकारी समस्यामा परेपछि उनी भाग्दै आएका थिए । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित छन् ।

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । शर्माकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन् । उनको कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ ।

सहकारीको पैसा उनले आफ्ना कम्पनीमा लगानीसमेत गरेका थिए । प्रहरीका अनुसार शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेसनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्टिज, गोरखा टी एन्ड कफी, गोरखा बेभरेज, तुलसी मोटरपम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरिएको थियो । त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्सट्रक्सन एन्ड मल्टिसोलुसन प्रालि, काइन्डल्ली केयर इन्डस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो एन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्डस्ट्रिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: