×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै सहकारीलाई ३० दिन भित्र विवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन, विवरण नबुझाए दर्ता खारेज गर्ने चेतावनी

PRIME CA

सबै सहकारीलाई ३० दिन भित्र विवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन, विवरण नबुझाए दर्ता खारेज गर्ने चेतावनी

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिन भित्र सबै सहकारीकालाई विवरण पेश गर्न निर्देशन दिएको छ । बुधबार महानगरको सहकारी विभागले एक सूचना जारी गर्दै महानगरपालिका भित्र रहेका सबै सहकारीलाई साधारण सभाको जानकारी, लेखापरीक्षणको प्रतिवेदनलगायतका विवरण पेश गर्न निर्देशन दिएको हो ।

विगत केही महिनादेखि सहकारी क्षेत्रमा संकट देखिइरहेका बेला महानगर भित्रका केही सहकारी संस्थाले साधारण सभाको जानकारी नपठाएको र लेखापरीक्षणको प्रतिवेदनसमेत नबुझाएको पाइएपछि विभागले विवरण पेश गर्न ३० दिने ‘अल्टिमेटम’ दिएको छ ।

महानगरले सूचना जारी भएको मितिले ३० कार्यदिन भित्र विवरण पेश नगरे विवरण नबुझाउने सहकारीको महानगरको सहकारी ऐनअनुसार दर्ता खारेजी गर्ने चेतावनी दिएको छ । महानगरको सहकारी ऐनको दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: