×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असुरक्षित बन्दै श्री एयरको यात्राः १ महिना नबित्दै जहाजमा २ पटक समस्या, २ महिनाअघि पनि इन्जिनमा लागेको थियो आगो

PRIME CA

असुरक्षित बन्दै श्री एयरको यात्राः १ महिना नबित्दै जहाजमा २ पटक समस्या, २ महिनाअघि पनि इन्जिनमा लागेको थियो आगो

अर्थ सरोकार

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । श्री एयरलाइन्सको जहाज यात्राका लागि असुरक्षित देखिएको छ । लगातार जहाजमा अनेक समस्या देखिएपछि श्री एयरलाइन्सको जहाजमा यात्रा गर्नु जोखिमयुक्त देखिएको हो ।

मंगलबार बिहान ८ः१० बजे श्री एयरलाइन्सको जहाज काठमाडौंबाट धनगढीका लागि उडेको थियो । तर, जहाजमा एक्कासी समस्या आएपछि श्री एयरलाइन्सको उक्त जहाज केही समयमै पुनः त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार यात्रुका अनुसार जहाज उड्दाउड्दै जहाजको ढोका खुलेको थियो । सोही कारण जहाज पुनः काठमाडौं फिर्ता ल्याइएको हो ।

तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाजमा सामान्य प्राविधिक त्रुटी मात्रै आएको जानकारी दिएका छन् । उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो । जहाजमा समस्या देखिएपछि जहाज पुन काठमाडौं फर्काएर यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको छ । यसरी उड्दा उड्दै जहाजमा प्राविधिक समस्या देखिएपछि श्री एयरको यात्रा जोखिमयुक्त भएको विश्लेषण गर्न थालिएको छ ।

यसो त गत वैशाख २४ गते पनि श्रीएयरको जहाजमा समस्या देखिएको थियो । २४ बैशाखमा भैरहवादेखि काठमाडौंका लागि उडेको श्री एयरको जहाजको ‘ल्यान्डिङ गियर’मा समस्य देखिँदा जहाज उडेको केही समयमै जहाजलाई पुनः भैरहवा विमानस्थलमा अवतरण गराइएको थियो । त्यसबेला जहाजलाई आकष्मिक अवतरण गराइए पनि अवतरण गरेलगत्तै जहाजमा पावर नहुँदा घन्टौँसम्म जहाज रनवेमै रोकिएको थियो ।

जहाज रनवेमै रोकिएपछि ‘ल्याण्ड’ गर्न नसक्दा काठमाडौंदेखि भैरहवाका लागि उडेको यती एयरको जहाजलाई काठमाडौं नै फर्काइएको थियो । त्यसबेला श्री एयरको जहाजभित्र यात्रु घन्टौंसम्म थुनिएका थिए भने जहाजलाई ट्याक्टरले तानेर रनवे खाली गराइएको थियो ।

त्यस्तै, फागुन २५ गते पनि श्री एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको थियो । काठमाडौंदेखि भैरहवाका लागि उडेको श्री एयरको उडान नं.८२१ नम्बरको जहाजको इन्जिनमा आगो लागेको थियो । उड्दाउड्दै जहाजको इन्जिनमा आगो देखिएपछि उक्त जहाज धादिङबाटै फर्किएको थियो । त्यसलगत्तै श्री एयरलाइन्स असुरक्षित देखेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरका सम्पूर्ण जहाजको उडानमा रोक लगाएको थियो ।

यसरी लगातार जहाजमा विभिन्न खालका समस्याहरु देखिन थालेपछि श्री एयरको जहाज यात्राका लागि असुरक्षित देखिएको छ । यद्यपी हरेक पटक कम्पनीले विभिन्न बाहना बनाएर जहाजमा आएको त्रुटीलाई ‘डाइभर्ट’ गर्ने गरेको आरोप पनि कम्पनीलाई लाग्दै आएको छ । मंगलबार पनि जहाजमा देखिएको समस्यालाई सामान्य समस्याका रुपमा विश्लेषण गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: