Skip to content
LAXMI SUNRISE BANK

बेलाबेलामा बिग्रिरहने श्रीएयरको जहाज फेरी बिग्रियो, धनगढीका लागि उडेको केही बेरमै पुनः काठमाडौं फर्कियो !

अर्थ सरोकार

काठमाडौं । बेलाबेलामा बिग्रिरहने श्रीएयरको जहाजमा पुनः समस्या देखिएको छ । आइतबार बिहान काठमाडौंदेखि धनगढीका लागि उडेको केही बेरमै जहाजमा समस्या देखिएपछि जहाज पुनः काठमाडौं फिर्ता भएको हो ।

श्री एयरलाइन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको हो । जहाजमा के समस्या आयो भन्ने कुरा भने खुलेको छैन ।

श्री एयरका अनुसार आइतबार बिहान जहाज ७६ जना यात्रु लिएर धनगढीका लागि उडेको थियो । तर, विमानमा प्राविधिक समस्या आएपछि विमान पुनः काठमाडौं फर्काइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK