काठमाडौं । उड्दा उड्दै श्री एयरलाइन्सको जहाजको ढोका खुलेको छ । मंगलबार बिहान काठमाडौंदेखि धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ढोका एक्कासी खुलेको हो ।
जहाज उडिरहेकै बेलामा जहाजको ढोका खुलेपछि जहाज पुनः काठमाडौं फिर्ता भएको छ । आकाशमै जहाजको ढोका खुलेको ३० मिनेटसम्म जहाजलाई आकाशमै होल्ड गराएको पुनः त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा फिर्ता ल्याइएको हो ।
विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको जनाइएको छ । यद्यपी यात्रुहरु भने सबै सुरक्षित रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।