×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेयर लगानीकर्ताद्वारा चरणबद्ध आन्दोलनको घोषणा, विभिन्न संघ संगठनका नाममा भएका सहमति नमान्ने !

SAGARMATHA CEMENTS

काठमाडौँ । सेयर लगानीकर्ताहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने भएपछि लगानीकर्ताद्वारा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

‘माग पूरा गराउन दबाब दिन आजदेखि नेपाल स्टक एक्सचेन्ज र सेयर दलालहरुको कारोबार प्रणाली बन्द गराईएको छ । नेप्से र दलालहरुको कार्यालयमा हामी लगानीकर्ताहरु पुगी बन्द गराईएको कारोबार प्रणाली हाम्रो माग पुरा नभएसम्म खोलिने छैन ।’ आन्दोलनका अगुवा तिलक कोइराला भन्छन्- ‘आईतबार बिहान १० बजे हरेक सेयर दलालको कार्यालयमा लगानीकर्ताहरुको अलग अलग विशेष टोलीले निगरानी गरी आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाईने छ । यसमा कतैबाट अवरोध भएमा उत्पन्न परिस्थितिको जिम्मेवार अवरोध गर्ने पक्ष नै हुनुपर्ने भएकाले त्यस्तो परिस्थिति उत्पन्न हुन नदिन त्यस अगावै आन्दोलनको पक्षमा आफ्नो अभिमत जाहेर गरी टीएमएस बन्द अभियान सफल पार्न सम्बन्धित पक्षलाई विनम्र आग्रह गर्दछौ । साथै काठमाडौ बाहिरका लगानीकर्ता साथीहरुले आफ्नो जिल्लामा रहेका ब्रोकर कार्यालयहरु बन्द गर्न गराउन भुमिका खेल्न आब्हान गरिएको छ ।’

उनका अनुसार शुक्रबार माईतीघरमा विहान ११ बजे लगानीकर्ता भेला गरी आन्दोलनको थप तयारी गरिने छ । आईतबार विहान अर्थमन्त्री डा। प्रकाशरण महतको निवासमा विहान ७ बजे सयौं लगानीकर्ताहरु पुष्पगुच्छासहित उपस्थित भएर पूँजी बजारमारा सरकारी कर नीति फिर्ता गर्न दबाब सिर्जना गरिने छ ।

यसो त लगानीकर्ताहरुले विभिन्न संघ संगठनका नाममा सहमति भएको कुरा आफुले नमान्नेसमेत बताएका छन् । ‘हाम्रो घोषित आन्दोलनको कार्यक्रम र कर नीतिसम्बन्धी सरकारका कुनै पनि निकायसँग वार्ता र छलफल भएको छैन र कसैलाई पनि प्रतिनिधिको रुपमा खटाईएको छैन । यदि कसैले आफुलाई सेयर लगानीकर्ताको प्रतिनिधि हुँ भनी कुनै सहमति र सम्झौता गरेमा त्यो अस्विकार्य हुने हाम्रो निर्णय छ । बजेट बक्तब्य र आर्थिक विधेयकमा उल्लेख भई संसदको सम्पति भईसकेको बिषय सरकारको कुनै निकायले बक्तब्य जारी गरी काट्न सक्दैन भन्ने तथ्य स्पष्ट छ । यस्ता कुराको भ्रममा नपर्न सबैमा आह्वान गर्दछौँ ।’ तिलक कोइरालाले भनेका छन्- ‘यो आन्दोलन पूँजी बजारका सम्बद्ध निकायहरु धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, सेयर दलालहरु, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी र आम लगानीकर्ताहरु सबैको साझा आन्दोलन भएकोले सबैलाई सक्रिय सहभागिता जनाउन र माग पुरा नभएसम्म डटिरहन आब्हान गर्दछौं ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal