काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका लागि यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० मा नयाँ नियम थप गरेको छ । विभागले थप गरेको नयाँ नियमअनुसार अब सार्वजनिक सवारी साधन पूर्ण रुपमा सफा राख्नुपर्नेछ भने बस छुट्नु र गन्तव्यमा पुगेपछि सन्देशमुलक अडियो बजाउनुपर्नेछ ।
योसँगै अब लामो तथा छोटो दुरीका सार्वजनिक यातायातहरुले विमानमा जस्तै गन्तव्यमा पुगेपछि र छुट्नुअघि सन्देशमुलक अडियो बजाउनुपर्नेछ । त्यस्तै, सवारी साधनको भित्री र बाहिरी भाग, सार्वजनिक सवारीको सिट, खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा राख्नुपर्नेछ । योसँगै सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै, उक्त निर्देनिकामा सार्वजनिक सवारी साधनमा ध्वनी प्रदुषण हुनेगरी ठूलो आवाजमा संगित बजाउन नपाइने नियम पनि उल्लखे गरिएको छ ।
निर्देशिकाअनुसार अब सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रवद्र्धनात्मक सूचना टाँस गर्नुपर्नेछ भने लामो तथा मध्यम दुरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्रै आवश्यकता अनुसार रोक्नुपर्नेछ । त्यस्तै, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनुपर्ने सवारी साधनमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्रै विसर्जन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्