काठमाडौं । काठमाडौंको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ ।
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत ककाठमाडौंमा उनीहरुविरुद्ध ठगी मुद्धा दायर गरेको हो ।
बचतकर्ताको करोडौँ रकम हिनामिना गर्ने सहकारीका अध्यक्ष अनिल खड्कासहित अन्य पदाधिकारी एवम् कर्मचारी फरार रहेका छन् । उनीहरुविरुद्ध प्रहरीमा दिइएको ६२ जनाको उजुरीका आधारमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो । त्यस्तै, सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा पनि फरार रहेका छन् ।
उनीहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । सहकारीबाट आफूहरुको करोडौँ रकम ठगिएको भन्दै बचतकर्ताहरु न्यायका लागि विभिन्न निकाय धाउने क्रम अझै पनि जारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्