×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहको चौतर्फी हाइहाई, प्रत्येक कदममा जनताको साथ, भन्छन्- ‘बालेन प्रधानमन्त्री भएको हेर्न मन छ’

PRIME CA
GLOBAL IME BANK

बालेन शाहको चौतर्फी हाइहाई, प्रत्येक कदममा जनताको साथ, भन्छन्- ‘बालेन प्रधानमन्त्री भएको हेर्न मन छ’

२१ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यता जोगाउन भन्दै विश्व सम्पदा सूचीमा परेको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । सम्पदा जोगाउने बालेनको उक्त कदमको अहिले चौतर्फी रुपमा चर्चा कमाएको छ ।

बसन्तपुर हनुमान ढोकामा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिरका लागि आउने गर्दछन् । पर्यटकको फ्लो बढी हुने हुँदा हिँडडुल र घुमफिरमा समस्या हुनुसँगै सम्पदाको मौलिकता र सौन्दर्यता मेटिने डरले हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

र सम्पदा जोगाउने यही कदमका कारण अहिले मेयर शाहको चौतर्फी हाईहाई भएको छ । बालेन शाहको उक्त कदमलाई अहिले नागरिकहरुले खुलेरै स्वागत गरेका छन् ।

हनुमान ढोकामा सवारी प्रवेशमा महानगरले रोक लगाएसँगै घुमफिरमा साह्रै सहज भएको अनुका ढकालले बताइन् । विश्व सम्पदा सूचीको अवलोकन गर्न भन्दै हनुमान ढोका पुगेकी उनले उक्त कदमका लागि काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद समेत दिएकी छिन् ।

त्यस्तै, हनुमान ढोका परिसरमा भेटिएका बाबुकाजी महर्जनले पनि बालेनको उक्त कदम निकै राम्रो र सराहनीय रहेको बताएका छन् । सवारी प्रवेशमा रोक लगाउने कार्य स्वागतयोग्य रहेको बताउँदे उनले स्थानीयको हकमा भने केही सहज गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, विगतमा सवारी साधनका कारण हिँडडुल गर्न नै गाह्रो हुने अवस्थाबाट आज हनुमान ढोका परिसर खुला, शान्त र सुन्दर भएको कमला ताम्राकारले बताएकी छिन् । उनले पनि उक्त कदमका लागि मेयर शाहलाई धन्यवाद दिएकी छिन् ।

यति मात्र होइन प्राचिन सम्पदा जोगाउने बालेनको उक्त कमदको अहिले काठमाडौंमा मात्र होइन देशैभरी चर्चा भईरहेको छ । यतिसम्म कि कतिपयले त बालेन शाहलाई अवको भावी प्रधानमन्त्रीको रुपमा हेर्ने समेत इच्छा व्यक्त गरेका छन् । ‘यत्तिको निडर र अडिक नेता आजसम्म देखेका थिएनौ । बालेना शाहलाई प्रधानमन्त्रि भएको हेर्ने मन छ ।’, एक स्थानीयले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: