×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पढ्नलाई विदेश जाने नेपालीहरुले ११ महिनामा ७५ अर्ब १४ करोड रुपैयाँ सँगै लिएर गए !

PRIME CA
GLOBAL IME BANK

पढ्नलाई विदेश जाने नेपालीहरुले ११ महिनामा ७५ अर्ब १४ करोड रुपैयाँ सँगै लिएर गए !

२६ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दो छ । यही बेला चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जाने नेपालीहरुमार्फत ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो । नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो । सेवा आयतर्फ सबैभन्दा ठूलो रकम पर्यटनमार्फत हुन्छ ।

११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९३.८ प्रतिशत धेरै हो । सो आर्थिक वर्षमा भ्रमण आय २६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: