×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक विरुद्ध अदालत गएका दुर्गा प्रसाईँले मुद्धा जिते, बैंकको नियतमाथि प्रश्न, तत्काल ऋण नउठाउन आदेश !

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक विरुद्ध अदालत गएका दुर्गा प्रसाईँले मुद्धा जिते, बैंकको नियतमाथि प्रश्न, तत्काल ऋण नउठाउन आदेश !

२७ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुमारी बैंक विरुद्ध अदालत गएका व्यवसायी दुर्गा प्रसाईंले मुद्धा जितेका छन् । बैंकले ऋण तिर्न ताकेता पत्र पठाएपछि उक्त पत्र कार्यान्वय नगर्न/नगराउन माग गर्दै अदालत पुगेका प्रसाईंको पक्षमा फैसला गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी मेडिकल कलेजको नाममा प्रवाह भएको ऋण तत्काल असुली नगर्न कुमारी बैंकलाई आदेश दिएको हो ।

लामो समयका लागि लगानी गरेको आयोजनाको कर्जाको साँवा तथा ब्याज रकम समेत यथाशीघ्र चुक्ता गर्न बैंकले ताकेता गर्नू ऋणीमाथि बैंकको ‘असल भावना रहेको समेत नदेखिएको’ आदेशमा उल्लेख गरिएको छ । योसँगै अदालतले कुमारी बैंकले प्रसाईंलाई दिएको ऋण असुलीको ताकेतापत्र तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको हो ।

कुमारी बैंकले प्रसाईंको झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजलाई कर्जा चुक्ता गर्न २०८० वैशाख १० गते ताकेतापत्र पठाएको थियो । बैंकले कर्जा चुक्ता नगरे असुलीको प्रक्रिया अबलम्बन गर्ने चेतावनीसमेत दिएको थियो । बैंकको यस्तो पत्रपछि व्यवसायी प्रसाईंले असुली प्रक्रिया रोक्न र सम्झौताअनुसार ऋण दिन लगाउने आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

कुमारी बैंकको नेतृत्वमा विभिन्न बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताललाई विभिन्न समयमा स्वीकृत भएको मध्येबाट १ अर्ब ७४ करोड ९० लाख ३९ हजार ५० रुपैयाँ कर्जा दिइसकेका छन् । उल्लेखित कर्जा २ वर्ष सहुलियत अवधिसहित १२ वर्षभित्र चुक्ता गर्नुपर्ने र प्रथम किस्ता सुरु भएको मितिले २४ महिना वा परियोजना सम्पन्न भएको मितिले बढीमा ६ महिनामध्ये जुन अगाडि हुन्छ सोही मितिदेखि किस्ता तिर्नुपर्ने शर्त रहेकोमा कुमारी बैंकले २०८० बैशाख १० गते अस्पताललाई ब्याज तथा सावाँ रकम चुक्ता गर्न ताकेता पत्र पठाएको थियो ।

बैंकले सहवित्तीयकरणमा लगानी गरेको परियोजना कर्जा रहेको र निवेदक अस्पताललाई ३० करोड रुपैयाँ उपलब्ध गराउने सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बसेर गरेकी माइन्युटबाट देखिएको अदालतको आदेशमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: