Skip to content
LAXMI SUNRISE BANK

कृषि ऋणमा छानबिन गर्न दुर्गा प्रसाईंको माग, बैंकका हाकिमहरुलाई कार्वाही नगरे सडकमा उत्रिने चेतावनी !

अर्थ सरोकार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कृषी लोनको विषयमा छानबिन गर्न माग गरेका छन् । शनिबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको विज्ञप्तीमार्फत प्रसाईंले दुरुपयोग भएको कृषी ऋणको विषयमा छानबिन गर्न माग गरेका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाबाट अवैधानिक रुपमा दिइएको सहुलियतपूर्ण कृषी ऋणको विषयमा तत्काल छानबिन गरी संलग्न बैंक तथा बैंकका प्रमुखहरुलाई कार्वाही गरियोस् ।’, विज्ञप्तीमा भनिएको छ, ‘माग सुनुवाई नभए जनता आफै सडकमा उत्रिएर कार्वाही गर्न बाध्य हुनेछन् ।’

यसो त विज्ञप्तीमा सिमान्तकृत, दुःखी र सर्वहारा वर्गलाई २ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने कानुनी प्रावधान भए पनि ५५ जना व्यापारीले प्रावधानविपरित १५ खर्ब रुपैयाँ सहुलियपूर्ण कृषि ऋण लिएको उल्लेख छ । यतिसम्म कि बैंक तथा वित्तीय संस्थाबाट बैंकका सञ्चालकहरुले सहुलियतपूर्ण कृषि ऋण लिएर काठमाडौंमा होटल बनाएको, जग्गामा लगानी गरेको र विभिन्न कम्पनी निर्माण गर्न पैसा खर्च गरेको पनि विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै, प्रसाईं नेतृत्वको उक्त अभियानले राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले एकीकृत निर्देशन २०७९ को उल्लंघन गर्दा पनि राष्ट्र बैंकले चासो नदिएको भन्दै आपत्ति जनाएको छ । यस्तो छ विज्ञप्तीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK