Skip to content
LAXMI SUNRISE BANK

‘मेरा सबै कर्मचारीले नियमित तलव पाईरहेका छन्, १-२ महिना ढिलो हुनु वा २-४ महिनाको एडभान्स दिनु सामान्य हो’

अर्थ सरोकार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्ना कर्मचारीहरुलाई नियमित तलव दिएको बताएका छन् । बिहीबार झापामा अर्थ सरोकार प्रतिनिधिसँग कुराकानी गर्दै प्रसाईंले आफूले आफ्ना कर्मचारीलाई नियमित रुपमा तलव दिईरहेको बताएका हुन् ।

केही समयअघि झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे होटल एट्रियमका सञ्चालकसमेत रहेका प्रसाईंले कर्मचारीलाई तलव नदिएको विषयमा विभिन्न सञ्चार माध्यममा आएको थियो । तर, कर्मचारीलाई तलव नदिएको कुरा झुठो भएको दाबी गर्दै उनले नियमित रुपमा कर्मचारीलाई तलव दिईरहेको दाबी गरेका छन् ।

प्रसाईंले आफ्ना कर्मचारीको तलव नरोकेको बताउँदै कहिलेकाहीँ १–२ महिना ढिला हुनु सामान्य कुरा भएको बताएका छन् । ‘यति ठूलो कम्पनीमा केहीको तलव केही दिन ढिलो हुनु सामान्य हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भने, ‘१–२ महिना ढिला हुनु वा २–४ महिनाको एड्भान्स दिनु सामान्य हो ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK