×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीति लिक भएपछि नाक जोगाउन कारोबार समयमै नीति सार्वजनिक !’, नाक जोगियो तर नियत उदांगो !

PRIME CA
GLOBAL IME BANK

‘मौद्रिक नीति लिक भएपछि नाक जोगाउन कारोबार समयमै नीति सार्वजनिक !’, नाक जोगियो तर नियत उदांगो !

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लिक भईसकेपछि नाक जोगाउन कारोबार समयमै नीति सार्वजनिक गरेको राष्ट्र बैंककै अधिकारीले दाबी गरेका छन् । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तयार पारेको नीति सार्वजनिक गर्नुअघि नै लिक भएपछि राष्ट्र बैंकले नाक जोगाउन कारोबार समयमै मौद्रिक नीति सार्वजनिक गरेको ती अधिकारीको दाबी छ ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी कारोबार समयमै मौद्रिक नीति सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको छ । सूचीकृत कम्पनीहरुलाई कारोबार समयमा बोर्ड बैठक राख्न र बजार मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गर्न नपाउने व्यवस्था छ । तर, राष्ट्र बैंकले भने बजार मूल्यमा प्रत्यक्ष असर पार्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

यसो त राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै लिक भईसकेको राष्ट्र बैंककै अधिकारीको दाबी छ । यसरी मौद्रिक नीति चुहिएको थाहा पाएपछि राष्ट्र बैंकमाथि प्रश्न उठ्ने देखिएपछि हतारो गर्दै कारोबार समयमै मौद्रिक नीति सार्वजनिक गरिएको उनको दाबी छ । राष्ट्र बैंकले कारोबार समयमा मौद्रिक नीति सार्वजनिक गरेर नाक त जोगिएको छ तर नियतमाथि भने कयौँ प्रश्नहरु तेर्सिएका छन् ।

जानकारहरुले पनि कारोबार समयमा मौद्रिक नीति सार्वजनिक हुनुले राष्ट्र बैंकको नियममाथि नै प्रश्न उठाएको बताएका छन् ।

यता गभर्नर महा प्रसाद अधिकारीले भने सूचना छिट्टै दिन बजार समयमा नीति सार्वजनिक गरेको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । मौद्रिक नीति सार्वजनिक विधीबारे सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्– ‘मौद्रिक नीति सञ्चारकर्मीसँगै भएका बेला सार्वजनिक गर्नुपर्छ भन्ने छैन । ढिलो सूचना दिनुहुन्न भनेर अघि नै सार्वजनिक गरेका हौँ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: