×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई थुनामा राख्न अदाललतको आदेश, करोडौँ कुम्ल्याएर अध्यक्ष फरार !

PRIME CA

इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई थुनामा राख्न अदाललतको आदेश, करोडौँ कुम्ल्याएर अध्यक्ष फरार !

५ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई थुनामा राख्न आदेश दिएको छ । बिहीबार न्यायाधीश डा.दिवाकर भट्टको एक इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरुले सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीका एक हजार चार सय ८१ जना बचतकर्ताले एक अर्ब ३० करोड रुपैयाँ बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा असार २५ गते ठगी मुद्दा दर्ता गरेका थिए । सोही मुद्धा उपर सुनुवाई गर्दै अदालतले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो ।

बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई जेठ ३२ गते र कर्मचारी रोकालाई असार १ गते पक्राउ गरेको थियो । त्यस्तै, असार ११ गते इमेज बचत तथा ऋण सहकारी बाग्लुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो । तर, सहकारीको अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने फरार रहेको छन् ।

फरार अध्यक्ष नेपालीसँगै गलकोट नगरपालिका–११ की रुपा विक, ढोरपाटन नगरपालिका–१ का डोरबहादुर परियार, ढोरपाटन–१ का सुनिल नेपाली, त्यही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँका झकबहादुर साही र निसीखोला गाउँपालिका–१ की अनिता बुढामगरको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बचतकर्ताको अर्बौं रकम कुम्ल्याएर अध्यक्ष नै भागेपछि हाल सहकारीका बचतकर्ताहरु चरणबद्ध आन्दोनलमा रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: