×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको ‘उज्यालो शहर’ र ‘महानगरले देख्छ’ योजना: सडक बत्ति र सीसीटिभी जडानका लागि ५० करोड विनियोजन

PRIME CA
GLOBAL IME BANK

काठमाडौंको ‘उज्यालो शहर’ र ‘महानगरले देख्छ’ योजना: सडक बत्ति र सीसीटिभी जडानका लागि ५० करोड विनियोजन

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौैं । काठमाडौं महानगरपालिकाले सडक बत्ति र सीसीटिभी जडानका लागि मात्रै ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८० ८१ को बजेटमा गौरवको आयोजनामध्ये ‘उज्याले शहर, मेरो महानगर’ र ‘महानगरले देख्छ’ योजनाका लागि ५० करोड छुट्याएको हो । महानगको ‘उज्यालो शहर, मेरो महानगर’ योजना (३० करोड बजेट) अन्तर्गत आगामी तीन वर्षभित्र महानगरका सबै सडकमा बत्ती जडान गरिसक्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत महानगरका १०० स्थानमा हाइमास्ट लाइट जडान गरिने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, ‘महानगरले देख्छ’ योजनाका लागि महानगरले २० करोड रुपैयाँ विनियोजन गरेको छ । जसअन्तर्गत महानगरका सबै सडक, गल्ली, सार्वजनिक स्थानमा तीन वर्षभित्रमा सीसीटिभी क्यामेरा जडान गरिने महानगरले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: