×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्षमै सरकारको ऋण दोब्बरले बढ्यो, २२ खर्ब २१ अर्ब ऋणमाथि फेरी साढे ४ खर्ब रुपैयाँ ऋण लिने लक्ष्य !

PRIME CA

५ वर्षमै सरकारको ऋण दोब्बरले बढ्यो, २२ खर्ब २१ अर्ब ऋणमाथि फेरी साढे ४ खर्ब रुपैयाँ ऋण लिने लक्ष्य !

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्म नेपालको ऋण २२ खर्ब २१ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल १० खर्ब ४८ अर्ब रुपैयाँ मात्रै रहेको सरकारको सार्वजनिक ऋण पाँच वर्षमा दोब्बरले बढेर २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षसम्म सरकारको आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा आएको महाभूकम्पपछिको पूनर्निर्माणको लागि लिइएको ऋण तिर्न नपाउँदै कोभिड महामारीका बेला पुन ऋण थपिँदा सार्वजनिक ऋण दोब्बरले बढेको कार्यालय प्रमुख भूमिराज शर्माले बताएका छन् ।

यसो त गत आर्थिक वर्षमा मात्रै नेपालको सार्वजनिक ऋण २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सुरुवातसम्म २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्षको अन्त्यसम्ममा २२ खर्ब २१ अर्ब पुगेको हो ।

अत्याधिक बढेको सार्वजनिक ऋणका बीच सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा थप साढे ४ खर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: