×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिरासतमा भाटभटेनीका साहुको प्रश्न- ‘मेरो बैंकमा अर्बौं ऋण छ, म भित्र परेपछि किस्ता कसले तिरिदिन्छ ?’

PRIME CA
GLOBAL IME BANK

हिरासतमा भाटभटेनीका साहुको प्रश्न- ‘मेरो बैंकमा अर्बौं ऋण छ, म भित्र परेपछि किस्ता कसले तिरिदिन्छ ?’

२७ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललिता निवास प्रकरणमा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले थुनामा परेपछि आफ्नो बैंकको किस्ता रोकिएको बताएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका क्रममा गुरुङले हिरासतबाटै आफ्नो बैंकमा रहेको अर्बौंको किस्ता कसले तिर्छ ? भन्दै प्रश्न गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार गुरुङले थप अनुसन्धानका लागि बयान लिने क्रममा अनुसन्धानकर्तासँग यस्तो प्रश्न गरेका हुन् । ‘मेरो बैंकमा अर्बौंको ऋण छ । मलाई पक्राउ नगरी बाहिरबाटै अनुसन्धान गर्न सकिन्थ्यो ।’, हिरासतबाटै प्रहरीसँग उनले भनेका छन्, ‘असार मसान्तमा बैंकको किस्ता तिर्नुपर्ने प्रेसर छ । म भित्र परेपछि बैंकमा तिर्नुपर्ने किस्ता कसले तिरिदिन्छ ?’

यसो त गुरुङले प्रहरीसँग ललिता निवासको जग्गा सरकारी हो भन्ने जानकारी आफूलाई नभएको बयान दिएका छन् । घरजग्गा व्यवसायीसँग कारोबार गर्ने क्रममा रामकुमार सुवेदी र शोभाकान्त ढकालमार्फत सो जग्गा किनेको गुरुङको बयान छ । गुरुङले प्रहरीसमक्ष दिएको बयान अनुसार भाटभटेनी डेभलपमेन्ट कम्पनीमा आफ्नो परिवारको ५१ र सुवेदी र ढकालको ४९ प्रतिशत सेयर रहेको छ ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा उनको पनि संलग्नता रहेको निष्कर्ष निकालेको छ । १२ असारमा पक्राउ परेका गुरुङविरुद्ध हाल अनुसन्धान जारी रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: