×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा नक्कली धितो राखेर ३ करोड ऋण प्रवाह, १ पक्राउ, हाकिमसहित ७ फरार !

PRIME CA

एनआईसी एशिया बैंकमा नक्कली धितो राखेर ३ करोड ऋण प्रवाह, १ पक्राउ, हाकिमसहित ७ फरार !

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकमा नक्कली धितो राखेर ३ करोड ऋण प्रवाह गर्ने एकजना पक्राउ परेका छन् । बैंकको सप्तरीस्थित राजविराज शाखामा कागज किर्ते गरि पौने तीन करोड रुपैयाँ ऋण दिएको भन्दै प्रहरीले मो. सदामलाई पक्राउ गरेको हो ।

उनलाई मंगलबार बिहान राजविराजकै एक पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले बताएका छन् ।

अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपूर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका ९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत माघमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । पक्राउ परेका सद्धाम आसमा खातुनका श्रिमान हुन् ।

बैंकको कागजात किर्ते गरी पौने तीन करोड रुपैयाँ ऋण दिएर बैंकको रकम हिनामिना गरेको भन्दै यसअघि जिल्ला अदालत सप्तरीले सरकारी कागजात किर्ते मुद्धामा बैंकको शाखा प्रबन्धकसहित ९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएकामध्ये सदाम पक्राउ परे पनि अन्य कर्मचारी भने फरार रहेको एसपी कार्कीले बताएका छन् ।

एसपी कार्कीका अनुसार हाल बैंकको शाखा प्रबन्धक यादव, आसमा खातुन, बसिरन खातुन, व्यवसायी मो.समसाद, तत्कालीन सनराइज बैंकको राजविराज शाखाका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव भने फरार छन् । फरार रहेकाहरुको खोजीकार्य तिव्र पारेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: