×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिउँसै पेस्तोल देखाएर ‘फिल्मी’ शैलीमा एनएमबी बैंक लुट्ने एकजना पक्राउ, अन्यको खोजिकार्य जारी !

PRIME CA

दिउँसै पेस्तोल देखाएर ‘फिल्मी’ शैलीमा एनएमबी बैंक लुट्ने एकजना पक्राउ, अन्यको खोजिकार्य जारी !

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महोत्तरीमा दिनदहाडै पेस्तोल देखाएर बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकको शाखामा दिउँसै पेस्तोल देखाएर बैंक लुट्ने गिरोहका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन् ।

भारतको बिहार राज्य मधुवनी पोष्ट फुलहर टोल गोलपुर १३ हरलाखीका अजय कुमारलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक (डिएसपी) दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

१६ जेठमा नम्बर नभएको दुईवटा मोटरसाइकलमा आएका ४/५ जनाको हरियारधारी समूहले पेस्तोल देखाएर १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ लुटेका थिए । लुटपाटमा संलग्नको पहिचान भइसकेको भए पनि खोजिकार्य भने जारी रहेको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेका अजयमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: