×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

नेप्सेले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गर्यो

SAGARMATHA CEMENTS

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । कारोबार रोक्का गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोधेको तीन दिने स्पष्टीकरणको जवाफ कम्पनीले पठाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना ढिलो गरी दिएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले सोधको स्पष्टीकरणमा कम्पनीले हकप्रद सम्बन्धी प्रस्ताव सर्वप्रथम नेपाल बिमा प्राधिकरण समक्ष सैद्धान्तिक स्वीकृति लिनको लागि पेश गरेको र उक्त प्रस्ताव स्वीकृतिका लागि मात्र निवेदन पेश भएको र हकप्रद निष्कासनको अन्तिम अधिकार प्राधिकरणमा निहित रहेकोले स्वीकृति प्राप्त हुने वा नहुने भन्ने अन्योल हुँदा पहिला बिमा प्राधिकरणमा सो सूचना पठाएको कम्पनीको जवाफ रहेको छ ।

कम्पनीको यस्तो स्पष्टीकरणसँगै आगामी दिन गल्ती नदोहोराउन सचेत गराउँदै नेप्सेले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal