व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत छन् । यद्यपी महालक्ष्मीमा हुँदा पनि उनी उच्च अधिकारीकै असहयोगका कारण समस्यामा थिए । सो समस्या प्रभुमा पनि देखिने सम्भावना बढी देखिएको छ ।२०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका भट्टराई विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
अर्थ सरोकार
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले यस विषयमा स्वीकृति दिईसकेको छ । यही आषाढ २९ गतेबाट एकीकृत कारोबार गर्दै गरेको कम्पनीमा दोश्रो बरियतामा भने सन्तोष प्रसाईं हुनेछन् । उनी नेपाल लाइफको कामु सीइओ हुँदै प्रभु लाइफ आएका थिए ।
अव कम्पनीमा केहि समय काम गरेर भट्टराई बाहिरिने र प्रसाईं सीइओ हुने हल्ला एकातर्फ छ भने अर्कोतर्फ सन्तोष प्रसाईंलाई विदा गर्ने चर्चा पनि छ । यद्यपी कम्पनीका संचालकहरुले भने भट्टराईलाई ४ बर्षका लागि नियुक्त गरिएको र बाहिर आएका हल्लाजस्ता कुनै पनि तयारी नभएको बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्