×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन’ : अर्थमन्त्री महत

PRIME CA

‘लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन’ : अर्थमन्त्री महत

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनेछ ।’ कार्यक्रममा बोल्दै डा. महतले भने- ‘नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ, एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने मलाई विश्वास छ । ‘
८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत रहेको तथ्यांक सुनाउनु हुँदै मन्त्री डा. महतलेसमग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको भएको र यो कुरा खुसीको कुरा भएको बताएका छन् ।
मन्त्री डा. महतले अनुसार साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य भएकोले सो लक्ष लघुवित्तले बिर्सन नहुनेसमेत बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: