काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारीका कार्वाही गर्न प्रहरीलाई पत्र पठाएको छ । बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको भन्दै महानगरले महानगरभित्रका ६८ सहकारीलाई कार्वाही गर्न प्रहरीलाई पत्र पठाएको हो ।
२०७२ सालदेखि २०८० सालसम्म करिब २ हजार ७ सय बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै काठमाडौं महानगरले ६८ वटा सहकारीलाई कार्वाही गर्न जिल्ला प्रहरी परिसर काडमाडौंलाई पत्र पठाएको हो । सहकारीबाट ठगिएको भन्दै महानगरमा बचतकर्ताले दिएको उजुरीका आधारमा कार्वाहीका लागि प्रहरीमा पत्र पठाएको महानगरको सहकारी विभागले जनाएको छ ।
महानगरले प्रहरीमा पठाएको पत्रअनुसार सबैभन्दा बढी बचतकर्ताको रकम गृहशान्ती बचत तथा ऋण सहकारी संस्थाले हिनामिना गरेको छ । उक्त सहकारीले हालसम्म ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ ।
त्यस्तै, गृहशान्तीपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ७ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यस्तै, तीन करोडभन्दा धेरै बचत हिनामिना गरेका हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्थालाई कार्वाहीको लागि महानगरले प्रहरीमा पत्र पठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्